कांग्रेसले गरे घोषणा पत्र जारी

maitrinews

 

भारत । भारतमा लोकसभा चुनाव नजिकिदै गर्दा भारतीय राष्ट्रिय कांग्रेस पार्टीले वाचा सहितको पाँच बुँद घोषणा पत्र जारी गरेको छ ।
जारी पाँच बुँदे घोषणा पत्र कुनै पनि झूठमा आधारित नभएको पार्टी अध्यक्ष राहुल गान्धीले बताएका छन् । भारत सरकारको तर्फबाट मुलुकमा गरिबीको रेखामुनि रहेकाहरुलाई बार्षिक ७२ हजार र पाँच वर्षमा ३ लाख ६० हजार प्रदान गर्ने उनले बताएका छन् । गरिबमाथि वार ७२ हजार नारा सहित न्यायमा यो आफनो पार्टीको पहिलो कदम भएको गान्धीको भनाई छ । जारी घोषणा पत्रमा सन २०२० सम्ममा सरकारको सवै रिक्त पदहरु पूर्ति गर्ने वाचा गरेका छन् । वर्तमान सरकारमा कूल २२ लाख पद खाली रहेको र ती पद कंग्रेसले सक्दो चाँदै पूरा गर्ने उनले जनाए । ग्रामीण युवाहरुलाई रोजगारी ्वयवस्था गरिदिने घोषणा पत्रको तेस्रो बूदाँमा उल्लेख गरिएको छ । अध्यक्ष गान्धीले गाउँ पञ्चायतका १० लाख युवाहरुका लागि रोजगारीको व्यवस्था गर्ने वाचा समेत गरेका छन । यसका साथै तीन वर्षसम्म व्यवसाय गर्न युवाहरुका लागि स्वीकृती लिन नपर्ने र उनीहरुका लागि बैंकको ढोका खुल्ला रहने वाचा गरेका छन । त्यस्तै पार्टी अध्यक्ष गान्धीले रेवले जस्तै किसानका लागि छुटै बजेट पेश गर्ने वचन समेत दिएका छन् । किसानहरुको श्रृणको समस्या सुल्झाउन डिफल्ट भएमा आपराधिक मामीला दर्ता व्यवस्था गर्ने समेत जनाए । यदि श्रृण तिर्ण नसकेमा सो सिभिल अफेन्स मानिने उनको भनाई छ । घोषणा पत्रमा जीडिपीको ६ प्रतिशत शिक्षाको बजेटमा लगाउने उल्लेख गरिएको छ । स्वास्थ्यलाई लिएर प्राईभेट इन्स्योरेन्समा आधारित स्किमहरुमा भरोसा नपर्ने उनको धारणा छ । उनले मोदी सरकारलाई निसाना बनाउँदै सरकारी स्वास्थ्य सेवालाई अझ बलियो बनाउनेमा जोड दिएका छन् । सुरक्षाको विषयलाई लिएर कंग्रेस पार्टीले देशलाई जोडने , राष्ट्रिय तथा घरेलु सुरक्षामा जोड दिने गान्धीले बताए । कांग्रेसले आफनो घोषणा पत्रको नाम, “ जन घोषणा पत्र ” राखेका छन् । जसमा “ हामी निभाउछौं ” लेखिएको छ ।