सवैभन्दा लामो नृत्यमा बन्दनाको को विश्व रेकर्ड

maitrinews

 

काठमाडौँ । सबैभन्दा लामो समयसम्म नाचेर विश्व रेकर्ड कायम गरेकी धनकुटाकी वन्दना नेपाललाई प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमाणपत्र हस्तान्तरण गर्नुभएको छ ।
प्रधानमन्त्री निबास बालुवाटारमा शनिबार आयोजीत कार्यक्रमकाबीच प्रधानमन्त्री ओलीले गिनिज बुक विश्व रेकर्डको प्रमाणपत्र हस्तान्तरण गर्नुभएको हो । वन्दना नेपालले लगातार १ सय २६ घण्टा नाचेर वल्र्ड रेर्कड कायम गर्नुभएको थियो ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले वन्दना नेपालको रेकर्ड नेपालको रेकर्ड भएको बताउनुभयो । उहाले सरकारको सम्पूर्ण ध्यान समृद्ध नेपाल सुखी नेपाली निर्माणमा केन्द्रीत रहेको बताउनुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो,– नेपालीहरु हरेक क्षेत्रमा रेकर्ड राख्न मिहिनेती छन, धेरै नेपालीले बनाएको रेकर्ड तोडन अति नै मुस्किल हुन्छ, यदि कसैले तोडिहाल्यो भने फेरि अर्को नेपालीले त्यो रेकर्ड तोडने हिम्मत राख्छ ।’ कार्यक्रममा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि बन्दना नेपाललाई शुभकामना दिनुभएको थियो ।
यसअघि गिनिज बुकमा लामो समयसम्म नाचेको कीर्तिमान इन्डिया केरलाकी कलामण्डलम हेमालथाको नाममा रहेको थियो ।