एम के डब्लु वेल्ट एण्ड रोड च्याम्पियनसिप रेस्लिङ हुँदै

maitrinews

काठमाडौँ । नेपालमा रिगं रेस्लिङ खेलको विकास गर्दै अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यले नेपाल रिङ रेस्लिङ संघले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल गतिबिधिहरु अगाडी बढाउदै आएको छ । नेपालमा रेस्लिङ खेलको बढ्दो क्रेजका कारण यसको विकास र विस्तार गर्ने उदेश्यले स्थापना भएको यो संघले खेलाडी उत्पादन गर्ने देखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय च्याम्पियनसिपहरु गर्दै आइरहेको छ ।

रिगं रेस्लिङ संघले डिस होमको सहकार्यमा यहि बैशाख २८ गते शनिवारका दिन एम के डब्लु वेल्ट एण्ड रोड च्याम्पियनसिपको आयोजना गर्न लागेको छ । त्रिपुरेश्वरस्थित कर्भडहलमा बैशाख २८ गते ३ः०० बजे हुने प्रतियोगितामा ६ देशका टप रेस्लरहरुको सहभागीता हुनेछ । राष्ट्रिय खेलकुद परिषद्को विशेष सहयोग र एमकेडब्लु चीनको समन्वयनमा हुन लागेको यो प्रतियोगितामा नेपाल, चीन, अमेरिका, इग्ल्यान्ड, हङकङ, न्यूजिल्यान्डका खेलाडीहरुको सहभागीता रहेको छ । नेपालका चर्चित रेस्लर नुवाकोटे टाइगर, ठाकु, डेभिड, एक्स हिरो, साइन, चट्टान, दिलाशाले प्रतिस्पर्धा गर्ने छन् । त्यसैगरि अमेरिकाबाट एस सिल्भा, जेडा, जोम्बिइ ड्रागन र अंकल मनि छन् भने युकेका विग साम, चीनका बेम्बो क्रुसर, दा बाइ, ब्ल्याक माम्बा प्रतिस्पर्धा गर्ने छन् । त्यसैगरि हङकङका के सी, चियरम्यान एएल, मिचेल र न्यूजिल्यान्डका टोमी कम्ब्याट भिड्दैछन् । रेफ्रीमा प्रदिप पाण्डे, कुवरे केसी, विकाश थयोखड्का रहेका छन् ।

प्रतियोगितामा दुईवटा वेल्ट विजेता घोषणा गरिने छ । जसमा वेल्ट एण्ड रोड च्याम्पियन र वल्र्ड च्याम्पियनको वेल्ट प्रदान गरिने छ । प्रतियोगितामा एकल, ट्याग टिम, टु भर्सेस टु, वे कर्नर, रोपन एन्ड कर्नरका प्रतिस्पर्धाहरु गराइने छन् । प्रतियोगिताको मिडिया पार्टन डिस मिडिया नेटवर्क लिमिटेडले एक्सन स्पोर्टसबाट प्रसारण गर्ने कार्यक्रम रहेको छ ।

यस संघले यस अघि पनि महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिताहरु आयोजना गरेको थियो । काठमाडौंमा मिति २०७३ साल बैशाख ०४ गते पहिलो अन्तर्राष्ट्रिय रिंग रेस्लिङ च्याम्पियनसिप गरेको थियो भने पोखरामा २०७३ साल फागुन १८—२१ मा नेपाल भारत मैत्रिपुर्ण प्रतियोगिता र २०७४ साल कात्र्तिक २५ गते दोश्रो अन्तर्राष्ट्रिय रिंग रेस्लिङ च्याम्पियनसिप काठमाण्डौ र ईटहरीमा सम्पन्न गरिसकेका छ । २०७४ फागुनमा आरडब्लु संग्राम आयोजना भएको थियो । प्रतियोगिताको आतिथ्य साझेदारमा सानेपाको होटल एल्लो दरबार रहेको छ ।