भारतीय धाविका समलिङ्गी भएको घोषणा

 

नयाँदिल्ली । भारतकी तेज धाविका दुती चंद आफू समलैङ्गिक सम्बन्धमा रहेको खुला रूपमा बताउने पहिलो भारतीय खेलाडी भएकी छन्।
२३ वर्षीया खेलाडी चंदले आफ्नै गाउँकी एकजनासँग पाँच वर्षदेखि उक्त सम्बन्धमा रहेको बताएकी छन्।
सन् २०१८ मा भारतको सर्वोच्च अदालतले समलैङ्गिक यौन सम्बन्धलाई अपराध नमान्ने ऐतिहासिक फैसला गरेका कारण आफू आफ्नो यौनिकताबारे बोल्न प्रोत्साहित भएको उनले बताएकी छन्।
तर आफ्नै परिवारका केही सदस्यले अझै उनको सो सम्बन्ध नस्वीकारेको उनले बताइन्।