२०६औं भानु जयन्तीमा राष्ट्र कविलाई रथारोहण

maitrinews

२०६औं भानु जयन्तीका अवसरमा विश्वभर नेपाली भाषीहरुले बिभिन्न कार्यक्रम आयोजना गरेर भानुभक्त आचार्यलाई सम्झे ।
जन्म जयन्तीका अवसरमा आइतबार काठमाडौंमा प्रभातफेरी तथा महानगर परिक्रमा गरिएको छ । भानु प्रतिष्ठान, काठमाडौंको आयोजनामा निकालिएको प्रभातफेरी प्रज्ञा भवनबाट सुरु भइ पुतली सडक, बागबजार, रत्नपार्क हुँदै प्रज्ञा भवनमा पुगेको थियो ।कार्यक्रममा राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई रथारोहणका गरिएको थियो । प्रज्ञाभवनका आयोजित कार्यक्रममा अभिनन्दनसमेत गरिएको थियो ।
कार्यक्रममा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल लगायतको उपस्थिति रहेको थियो ।