पाकिस्तानमा सेनाको विमान घरहरूमा ठोकिँदा १५ को मृत्यु

maitrinews

 

रावलपिण्डी । पाकिस्तानी सेनाको एउटा सानो विमान रावलपिन्डीनजिकै एउटा आवासीय क्षेत्रमा दुर्घटनाग्रस्त हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको उद्धारमा संलग्न अधिकारीहरूले बताएका छन्।

सो दुर्घटनामा हताहत हुनेमा चालकदलका पाँच सदस्य र १० सर्वसाधारण मानिस रहेको बताइएको छ। अरू १२ जना घाइते भएका छन्।

सो विमान तालिमका लागि उडाइएको थियो। दुर्घटनामा परेपछि त्यसमा आगो लागेको र केही घरहरूमा पनि आगो फैलिएको थियो।

राजधानी इस्लामाबादनजिकै रहेको रावलपिन्डीमा पाकिस्तानी सेनाको मुख्यालय छ
दुर्घटनाको कारण स्पष्ट भइसकेको छैन।

शोकाकुल र स्तब्ध स्थानीय मानिसहरू दुर्घटना भएको क्षेत्रमा भेला भएको समाचारसंस्था एएफपीले जनाएको छ।