आसामका १९ लाख मानिस बने राज्यविहीन

 

आसाम । भारतको पूर्वोत्तर राज्य आसाममा शनिवार बिहान १० बजे जारी गरिएको राष्ट्रिय नागरिक रजिस्टर ९एनआरसी०को अन्तिम सूचीमा १९ लाखभन्दा बढी मानिसको नाम समाविष्ट भएको छैन।

सो सूचीमा २४ मार्च १९७१ भन्दा अगाडिनै आसाममा आइसकेका प्रमाणित मानिसहरूको मात्र नाम छ। उक्त मितिको भोलिपल्ट बाङ्ग्लादेशले पाकिस्तानबाट स्वतन्त्र भएको घोषणा गरेको थियो।

एनआरसीमा कुल तीन करोड ११ लाख मानिस सामेल गरिएको छ।

त्यसमा नाम नभएकाहरूले १२० दिनभित्र अपील गर्न सक्नेछन्। तर त्यसपछि के कारबाही हुन्छ भन्ने स्पष्ट छैन।

भारतले अवैध बाङ्ग्लादेशी आप्रवासी छुट्ट्याउन यो प्रक्रिया आवश्यक भएको तर्क गर्ने गरेको छ।

उसले यसअघि नै विदेशी भएको शङ्कामा दशौँ हजार मानिसलाई पक्रेर राज्यका जेलमा बनाइएका अस्थायी शिविरमा राखेको छ। तत्कालका निम्ति देशनिकालाको सम्भावना देखिँदैन।