चन्द्रयान २ को अवतरण विफल

 

नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो देशका अन्तरिक्ष वैज्ञानिकहरूलाई सम्बोधन गर्दै चन्द्रयान(२ कार्यक्रमबाट आफू गौरवान्वित भएको बताएका छन्।
चन्द्रमा छुने यात्रा अधुरो रहे पनि चन्द्रयान २ मिशन भारतको ठूलो जितु भएको प्रतिक्रियाहरू त्यहाँ व्यक्त भएका छन्।

चन्द्रयान २ को विक्रम ल्यान्डरले चन्द्रमाको दक्षिणी ध्रुव छुनका लागि केही क्षण बाँकी रहँदा उक्त यानसँग भारतीय अन्तरिक्ष केन्द्र इसरोको सम्पर्क विच्छेद भएको थियो।

विक्रम ल्यान्डरबाट निराशा प्राप्त भए पनि चन्द्रयान २ को अर्बिटर चन्द्रमाको कक्षमा आफ्नो काम गरिरहेको छ।

अर्बिटरमा कैयौँ वैज्ञानिक उपकरण जडिएका छन् जसले अहिलेसम्म काम गरिरहेका छन्।

चन्द्रमा पानीको खोजी भारतको मुख्य लक्ष्य थियो त्यो काम अर्बिटरले गरिरहेको र भविष्यमा त्यसबाट तथ्याङ्कहरू प्राप्त हुने बताइएको छ।

यो वैज्ञानिक मिशन पूरा गर्न ११ वर्ष लागेको थियो। इसरोले कहाँ कमजोरी भयो भन्ने पत्ता लगाउन कोशिश गर्नेछ र आगामी कदमबारे निर्णय लिनेछ।

इसरोको अर्को ठूलो मिशन गगनयान हुनेछ जसमा अन्तरिक्षयात्री पनि पठाउने योजना छ।

अन्तरिक्ष यानलाई के भयो भन्नेबारे प्रष्ट भइसकेको छैन तर प्रधानमन्त्री मोदीले त्यस्ता अरु पनि अवसर आउने बताए।

यदि अवतरण गर्न पाएको भए भारत चन्द्रमामा पुग्ने चौथो मुलुक बन्ने थियो।

मोदीले वैज्ञानिकहरूलाई भनेस् ूहाम्रो अन्तरिक्ष कार्यक्रममा अझ राम्रो क्षण आउन बाँकी छ। भारत तपाईँका साथमा छ।