तालिबानसँगको शान्ति सम्झौता रद्द गर्ने अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको घोषणा

 

अमेरिका । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफूले तालिबानसँगको शान्ति सम्झौता रद्द गरेको बताएका छन्।
शृङ्खलाबद्ध ट्वीटमा उनले आइतवार क्याम्प डेभिडमा आफूले तालिबानका वरिष्ठ नेताहरूसँग भेट्ने कार्यक्रम तय गरिएको र अब त्यो रद्द भएको बताएका हुन्।

काबुलमा भएको हमलामा एकजना अमेरिकी सेनाको पनि ज्यान गएको तालिबान समूहले स्विकारेपछि उनले उक्त बैठक स्थगित गरेका हुन्।

तालिबानसँगका अमेरिकी वार्ताकार जालमाइ खलिलजादले सोमवार तालिबानसँग शान्ति सम्झौता भएको घोषणा गरेका थिए।