साउदी तेल केन्द्र आक्रमणमा इरानको हात रहेको अमेरिकी दावी

अमेरिका । तेलको मूल्य वृद्धि निम्त्याउनेगरी साउदी अरबका तेल खानी र प्रशोधन केन्द्रमा गरिएका आक्रमणमा इरानको हात रहेको लगभग स्पष्ट भएको अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बताएका छन्।

यसको प्रतिक्रिया कसरी दिने भन्नेबारे निर्णय लिनुअघि वाशिङ्टनले थप प्रमाण खोजिरहेको उनले उल्लेख गरे।

तर युद्ध नहोस् भन्ने आफ्नो इच्छा भएको ट्रम्पले बताएका छन्।

यसअघि उत्तर एट्लान्टिक सन्धि सङ्गठन नेटोका महासचिव एन्स स्टोल्टेनबेर्गले इरानले क्षेत्रीय अस्थिरता फैलाइरहेको आरोप लगाएका थिए।