बेलायतमा डिसेम्बर १२ तारिखमा आमनिर्वाचन गराउने प्रस्ताव अस्वीकृत
लण्डन । ब्रिटेनको तल्लो सदन हाउस अफ कमन्सले समयअगावै आमनिर्वाचन गराउने प्रधानमन्त्रीको प्रस्ताव अस्वीकृत गरेको छ। प्रधानमन्त्री बोरिस जोनसनले डिसेम्बर १२ तारिखमा आमनिर्वाचन गराउने प्रस्ताव गर्नुभएको थियो ।
संसद्मा भएको मतदानमा पक्षमा २९९ मत खसेको थियो भने विपक्षमा ७० मत खसेको थियो।
प्रधानमन्त्रीको प्रस्ताव पारित हुनका लागि कुल ४३४ मत आवश्यक थियो।
मतदानअघि संसद्मा बोल्दै प्रमुख प्रतिपक्षी नेता जेरेमी कोर्बिनले प्रधानमन्त्री जोनसनलाई विश्वास गर्न नसकिने बताउनुभयो ।
यसअघि युरोपेली सङ्घका नेताहरूले ब्रिटेन ईयूबाट बाहिरिने ब्रेक्जिटको समयसीमालाई आगामी जनवरी ३१ तारिखसम्मका लागि लम्बाउन सैद्धान्तिक सहमति जनाएका थिए।
यसको अर्थ पहिले भनिँदै आएजस्तो आउँदो बिहीवार अक्टोबर ३१ तारिखमा ब्रिटेन युरोपेली सङ्घबाट अलग हुने छैन।
ब्रिटेनद्वारा युरोपेली सङ्घ छाड्ने विषयमा नयाँ प्रस्ताव सार्वजनिक
युरोपेली परिषद्का अध्यक्ष डोनल्ड टुस्कले यसरी लम्बाइएको समयसीमालाई लचिलो प्रकृतिको भएको भन्नलाई ूफ्लेक्सटेन्सनू भन्नुभएको छ ।