पेरिस सम्झौताबाट बाहिरिनेबारे अमेरिकाले दियो राष्ट्रसङ्घलाई औपचारिक जानकारी
अमेरिका । जलवायु परिवर्तनसम्बन्धी एउटा महत्त्वपूर्ण सम्झौताबाट बाहिरिने विषयमा अमेरिकाले संयुक्त राष्ट्रसङ्घलाई आधिकारिक रूपमा जानकारी गराएको छ।
पेरिस अग्रीमन्ट भनेर समेत चिनिने उक्त सम्झौताले १८८ राष्ट्रहरूलाई एकीकृत गरेको छ।
अमेरिकाले उक्त सम्झौताबाट पूर्ण रूपमा बाहिरिन एक वर्ष लाग्ने बताएको छ।
अमेरिकाको योजनाबारे बोल्दै गत महिना विदेशमन्त्री माइक पोम्पेओले सम्झौताले आफ्नो मुलुकमाथि अनुचित आर्थिक बोझ थोपरेको बताएका थिए।
सन् २०१८ मा इन्स्टिट्यूट अफ इन्टरन्याश्नल एन्ड युरपीअन अफेअर्जले सार्वजनिक गरेको एउटा प्रतिवेदनमा अमेरिकी कदमले पेरिस सम्झौतामा ठूलो क्षति पुर्याउने उल्लेख गरिएको छ।
अमेरिकाको बहिर्गमनले अन्य राष्ट्रलाई पनि त्यसै गर्न ूनैतिक र राजनीतिक आडू पुग्ने उसको आकलन छ।
रुस र टर्कीलाई त्यसको उदाहरणको रूपमा प्रस्तुत गरिएको छ।
ती दुवै राष्ट्रले सम्झौतामा हस्ताक्षर गरे पनि त्यसलाई अनुमोदन भने गरेका छैनन्।