श्रीलंकामा भाइ राष्ट्रपति, दाइ प्रधानमन्त्री

 

कोलम्बो । श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति गोटबाया राजापाक्षेले आफ्ना दाइ महिन्दा राजापाक्षेलाई प्रधानमन्त्री नियुक्त गरेका छन्।

प्रधानमन्त्री रनिल विक्रमासिंघेले राजीनामा दिएसँगै बुधबार गोटभायाले ७४ वर्षीय दाइ महिन्दालाई प्रधानमन्त्री नियुक्त गरेका हुन्। महिन्दा राजापाक्षेले बिहीबार ७० वर्षका भाइ गोटबायासँग पद तथा गोपनियताको सपथ लिने छन्। सपथ लिएको केहीबेरमा उनले मन्त्रीमण्डल विस्तार गर्ने श्रीलंकाली सञ्चारमाध्यमले जनाएका छन्।

महिन्दा प्रधानमन्त्री बनेसँगै टापु राष्ट्र श्रीलंकाको सत्ताको साँचो ४ वर्षअघिजस्तै राजापाक्षे परिवारमा आएको छ। महिन्दा सन् २००५ देखि २०१५ सम्म श्रीलंकाका राष्ट्रपति थिए। गोटबायालाई उनले रक्षामन्त्री बनाएका थिए। यी दुई दाजुभाइले सन् २००९ मा २५ वर्ष लामो तमिल विद्रोह दबाएका थिए।

त्यही बेला बनाएको ुटर्मिनेटेरु को छविले गोटवायाले गत शनिबार भएको राष्ट्रपतीय निर्वाचनमा प्रतिस्पर्धी उम्मेद्वार सतिस प्रेमदासालाई हराएका थिए। गोटभायाले सात महिनाअघि इस्टर दिन भएको आतंकवादी हमलाबाट त्रसित श्रीलंकालीलाई आफूले देशको रक्षा गर्ने वाचा गरेका थिए।