अमेरिकी राष्ट्रपति ट्रम्प अचानक अफगानिस्तानमा

 

काबुल । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बिना कुनै सूचना अचानक अफगानिस्तानको भ्रणम गर्दै त्यहाँ खटिएका अमेरिकी सैनिकहरूलाई भेट्नु भएको छ ।
त्यस क्रममा उहाँले अमेरिका र तालिबान विद्रोहीबीच वार्ता भइरहेको बताउनुभयो ।

बाग्राम सैन्य अखडामा अमेरिकी सेनालाई सम्बोधन गर्दै ट्रम्पले भन्नुभयो , तालिबानहरूले वार्तामार्फत् सहमति जुटाउन चाहिरहेका छन्।

आफ्नो पहिलो अफगानिस्तान भ्रमणका अवसरमा उहाँले अफगान राष्ट्रपति असरफ घानीसँग पनि भेटघाट गर्नुभएको छ ।

शान्तिवार्ता थाल्ने उद्देश्यले अमेरिका र तालिबानबीच भएको बन्दी आदानप्रदानपछि ट्रम्पले थ्याङ्क्सगिभिङ भनिने अमेरिकी पर्वको अवसरमा अचानक अफगानिस्तान भ्रमण गर्नुभएको हो ।