बेलायतमा पाँच वर्ष नपुगी तेस्रो पटक चुनाव

 

लण्डन । पाँच वर्षभन्दा कम समयमा ब्रिटेनमा बिहीबार तेस्रोपटक निर्वाचन भएको छ ।
यसअघि सन् २०१५ र २०१७ मा पनि निर्वाचन भएको थियो।
त्यहाँ १०० वर्षमा पहिलो पटक डिसेम्बर महिनामा मतदान हुन लागेको हो।

इङ्ग्ल्यान्ड, वेल्स, स्कटल्यान्ड र नोर्दर्न आयरल्यान्डका कुल ६५० निर्वाचनक्षेत्रमा जीएमटी ७ बजेदेखि मतदान सुरु भएको छ ।
मतदान सकिएपछि तत्काल मतगणना सुरु हुनेछ।
शुक्रवार बिहानसम्म अधिकांश क्षेत्रबाट परिणाम प्राप्त हुने अपेक्षा गरिएको छ।
सामान्यतया ब्रिटेनमा प्रत्येक चारदेखि पाँच वर्षमा आमचुनाव हुने गर्छ।
तर गत अक्टोबरमा सांसदहरूले तत्काल अर्को आमचुनाव गराउने पक्षमा मतदान गरे।
सन् १९७४ यता पहिलो पटक जाडो याममा चुनाव हुँदैछ। अझ डिसेम्बर महिनामा चुनाव भएको त यो सन् १९२३ पछि पहिलो पटक हो।