सूर्य चारै दिशाबाट उदाउँछ

 

काठमाडौँ । कमल कुमार रिजालद्वारा लिखित ‘युनिक डिस्कभरी इन युनिभर्स’ नामक अनुषन्धानपरक पुस्तक सार्वजनिक गरिएको छ । गत आईतवार एक कार्यक्रमकावीच प्रज्ञाप्रतिष्ठान कमलादीमा नेपाली काँग्रेसका उपसभापति विजय कुमार गच्छदारले उक्त पुस्तकको सार्वजनिक गर्नु भएको हो ।
पृथ्वीको उत्पत्ति, मानव जातिको विकासक्रम, ग्रहहरुको उत्पत्ति र सूर्य उदय तथा अस्त लगायतका विषय समेटिएको पुस्तक बैज्ञानिक खोजमा आधारित रहेको लेखक कमल कुमार रिजालको भनाई छ । पुस्तकले मुलत सूर्य पूर्वबाट मात्र उदाउँछ भन्ने मान्यतालाई चुनौति दिएको छ । ‘युनिक डिस्कभरी इन युनिभर्स’का अनुसार सूर्य चार वटै दिशाबाट उदाउने गर्छ ।
सदियौं देखि पूर्वबाट सूर्य उदाउँछ भन्ने मान्यता भन्दा फरक दृष्टिकोण राखेर लेखिएको पुस्तक ‘युनिक डिस्कभरी इन युनिभर्स’ नेपाली पाठकहरुका लागि मात्र नभएर विश्वभर खगोलिय अध्ययन गर्नेहरुका लागि नितान्त नयाँ विषय हुनेछ ।
पुस्तक लोकापर्ण कार्यक्रममा काग्रेस उपसभापति विजय गच्छदारले सूर्य पूर्वबाट मात्र नउदाउने भन्ने कुरा सुन्दा आफूलाई अनौठो लागेको बताउनु भयो । तर उहाँले खोज र अनुषन्धानहरुले पूर्ववत मान्यताहरुलाई भत्काउने हुँदा ‘युनिक डिस्कभरी इन युनिभर्स’ ले निक्र्याेल गरेको खोजले पनि नयाँ तथ्य स्थापित गर्ने विश्वास ब्यक्त गर्नु भयो ।
लेखक रिजालका अनुसार ‘युनिक डिस्कभरी इन युनिभर्स’ १२ बर्षको खोज र अनुषन्धान पश्चात लेखिएको हो ।