इरानको विशेष सैन्य दस्ता प्रमुख कासिम सुलेमानी अमेरिकी आक्रमणमा मारिए

maitrinews

 

बग्दाद । इरानी फौजको विशेष दस्ता क्विडका प्रमुख जनरल कासिम सुलेमानीलाई इराकमा आक्रमण गरी मारेको अमेरिकाले जनाएको छ।
अमेरिकी रक्षा मन्त्रालयले सुलेमानीलाई राष्ट्रपतिको आदेशमा मारिएको बताएको छ।

इरानको रिभोलुशनरी गार्ड्सले शुक्रबार सुलेमानीको मृत्यु भएको पुष्टि गरेको त्यहाँको राज्यनियन्त्रित टीभीले बताएको छ।
यसअघि बग्दादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र आक्रमणमा केही व्यक्तिहरूको मृत्यु भएको विवरण आएको थियो।
एउटा विज्ञप्तिमा अमेरिकी रक्षा मन्त्रालयले भनेको छ, राष्ट्रपतिको निर्देशनमा अमेरिकी सेनाले कासिम सुलेमानीलाई मारेर विदेशमा रहेका अमेरिकी नागरिकको सुरक्षाका लागि निर्णायक रक्षात्मक कारबाही गरेको छ।
यो कारबाही भावी इरानी आक्रमण योजनालाई कमजोर बनाउन लक्षित थियो।
अमेरिका आफ्ना नागरिक र आफ्ना चासोका विषयको संसारभर रक्षा गर्ने कार्य गरिरहने छ।