इराकबाट अमेरिकी सेना फिर्ता गर्न अस्वीकार

maitrinews

अमेरिका । इराकबाट अमेरिकी सेना फिर्ता हुँदैछन् भन्ने कुरालाई अमेरिकी रक्षामन्त्रीले अस्वीकार गर्नुभएको छ ।
एकजना अमेरिकी सैन्य जनरलले इराकबाट सेना फिर्ता हुनुपर्ने सुझाव दिँदै लेखेको पत्रपश्चात् उहाँले इराकबाट अहिलै फौज फिर्ता गर्ने बेला नभएको स्पष्ट पार्नुभएको हो ।

ती अमेरिकी सैन्य जेनेरलले लेखेको पत्रमा अमेरिकाले आगामी दिन र साताहरूमा फौजलाई स्थानान्तरण गर्ने उल्लेख गरिएको थियो।

इराकी संसद्ले इराकबाट अमेरिकी फौज फिर्ता हुनुपर्ने भनी सङ्कल्प प्रस्ताव पारित गरेपछि उक्त पत्र लेखिएको थियो।

अमेरिकी रक्षामन्त्रीले चाहिँ उक्त पत्र अहिले अमेरिकाले राखिरहेको अडानसँग नमिल्ने बताउनुभयो ।