टर्कीले युरोप जान आपवासीलाई ढोका खुला गरिदिएपछि तनाव
टर्की । टर्कीले आप्रवासीहरूलाई युरोपतर्फ जाने ढोका खोलिदिएपछि ग्रीसले आगामी महिना शरणका लागि कुनै आवेदन नलिने घोषणा गरेको छ।
यसअघि ग्रीसका अधिकारीहरूले करिब १०,००० आप्रवासीलाई टर्कीसँग जोडिएको स्थलसीमामा रोकिएको बताएका थिए।
ग्रीसका प्रधानमन्त्री किरियाकोस् मित्सोटाकिसले आफ्नो सीमामा अधिकतम अवरोध गरिएको बताए।
टर्कीले सिरिया युद्धका कारण ठूलो सङ्ख्यामा भागिरहेका मानिसको भार आफूले थेग्न नसक्ने बताएको छ।
टर्कीका राष्ट्रपति रिसिप तैयप एर्दोआनले गत शुक्रवारदेखि आप्रवासीहरूलाई छिमेकी ईयू सदस्यराष्ट्र ग्रीस र बल्गेरियातिर जाने प्रयास गर्न अनुमति दिने बताएका थिए।