चिनियाँ भूमिबाट सगरमाथा आरोहणमा प्रतिबन्ध

maitrinews

 

काठमाडौँ । कोरोना भाइरस महामारीको त्रासपछि चीनले चिनियाँ भूमिबाट सगरमाथा आरोहणमा प्रतिबन्ध लगाएको छ।

सगरमाथा आरोहणको समय नजिक आइरहेका बेला चीनले तिब्बत तर्फबाट सार्वोच्च शिखर आरोहणमा प्रतिबन्ध लगाएको हो।

नेपालले भने आफ्नो भूमिबाट सगरमाथा आरोहणमा प्रतिबन्ध लगाएको छैन।

बसन्त ऋतुको सगरमाथा आरोहण चिनियाँ अधिकारीहरुले स्थगित गरेसँगै सगरमाथा आरोहणका लागि तयारी गरिरहेका मानिसहरु निराश बनेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।