कतार एयरवेजको बिमानबाट जर्मनसहित अन्य युरोपेली मुलुकका नागरिक आफ्नो देश फिर्ता

 

काठमाडौं । जर्मनीले चाटर्ड गरेर कतार एयरवेजको विमानमा आफना नागरिकलाई स्वदेश फिर्ता गरेको छ ।

नेपालमा रहेका आफ्ना नागरिकलाई फिर्ता लैजनाका लागि जर्मनीले चाटर्ड गरेको कतार एयरवेजको विमान ३०५ जना यात्रु लिएर त्यसतर्फ प्रस्थान गरेको छ । जसमा १९० जना जर्मन र अन्य युरोपेली मुलुकका नागरिक रहेको प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिनुभयो ।