राष्ट्रसंघद्वारा कोरोना महामारीविरुद्ध लड्न विश्वव्यापी युद्धविरामको आह्वान

maitrinews

 

अमेरिका । संयुक्त राष्ट्रसंघले कोराना महामारी विरुद्धको लडाई लड्न विश्वव्यापी युद्धविराममको आह्वान गरेको छ । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले कोरोना भाइरसविरुद्धको लडाई लड्न विश्वव्यापी युद्धविरामको आह्वान गरेका हुन् । महासचिव गुटेरेसले विश्वका युद्धग्रस्त देशहरुलाई सम्बोधन गर्दै कोरोना महामारीका विरुद्ध लड्नका लागि तत्काल हतियार विसाउन आग्रह गरे ।

महासचिव गुटेरेसले लिविया,सिरिया,यमन लगायतका देशहरुप्रति संकेत गर्दै उनले भने, ‘अझै सबैभन्दा खराब स्थिति आउँन बाँकी छ, कोभिड–१९ आँधीबेहरी अहिले यी सबै थिएटरहरुमा आउँदैछ ।’ अहिले विश्वभर कोरोना महामारीका कारण ज्यान गुमाउनेका संख्या ५८ हजार १ सय ३६ पुगेको छ भने संक्रमितहरुको संख्या १० लाख नाघेको छ ।