कोरोनाबाट एक लाख २ हजार ६८९ को मृत्यु , २१० देशमा संक्रमण, अमेरिकामा एकैदिन दुइ हजारको ज्यान गयो
अमेरिका । कोरोना संक्रमणका कारण विश्वभर ज्यान गुमाउनेको संख्या एक लाख २ हजार ६ सय ८९पुगेको छ । विश्वभर मृत्यु हुनेको संख्या १ लाख २ हजार ६८९ पुगेको हो ।
इटलीमा सबैभन्दा धेरै १८ हजार ८४९ जना संक्रमितले ज्यान गुमाएका छन्। अहिलेसम्म अमेरिकामा १८ हजार५००ले ज्यान गुमाएका छन्। कोरोनाले अमेरिकामा एकैदिन दुइहजारको ज्यान गएको छ । कोरोनाकै कारण विश्वभर १ लाखभन्दा बढि स्वास्थ्यकर्मी पनि प्रभावित भएको अनुमान छ ।
नेपालमा हालसम्म नौ जना संक्रमित भेटिएका छन्। उनीहरुको अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।