जग्गा किर्ते गरेर पास भएकाे हाेइन नियमाअनुसार पास भएकाे हाे – फाँट अधिकृत डिल्लिराम अधिकारी

भक्तपुर, ३२ असार । मध्यपुर थिमी नगरपालिका वडा नं ७ का विनाेद थापा मगर, उर्मिला थापामगर र सुनिल थापामगरले
भक्तपुर मालपाेत पुगेर जग्गा किर्ते गरेर पास गरेकाे भन्ने विषयमा भूमी प्रशासन कार्यालय भक्तपुरका फाँट अधिकृत डिल्लिराम अधिकारीले किर्ते नभइ नियमाअनुसार नै जग्गा पास भएकाे प्रस्ट्याएकाे छ ।

पिडित भनिएकाहरू विनाेद थापा मगर, उर्मिला थापामगर र सुनिल थापामगरलगाएतले मंगलबार भूमी प्रशासन कार्यालय भक्तपुर पुगी आफ्नाे जग्गा किर्ते गरेर अर्कैकाे नाममा पास भएकाे भनी कार्यालय भित्रै लफडा गरेका थिए । साेही समयका मिडियाकर्मीहरूले उक्त लफडा भएकाे भिडियाे बाहिर ल्याएका थिए ।

भ्रष्टाचार विराेधी अभियन्ता तथा स्वतन्त्र पत्रकार संघका केन्द्रीय सदस्य प्रेमध्वज लामाले पिडित भनिएकाहरूले मंगलबार भूमी प्रशासन कार्यालय भक्तपुरमा टाेडफाेड गर्न खाेजेकाेले आफुले बिचमा उभिएर त्यसाे नगर्न र सहमतीमा समस्या समाधान गर्न अनुराेध गरेका थिए भने उनले किर्तेनै गरेकाे भए कानुन अनुसार कार्वाही हुनुपर्ने बताएका थिए ।

पिडितहरूका मध्यपुर थिमी नगरपालिका वडा नं. ७ कित्ता नं. ३१३ को क्षेत्रफल १११.७६ वर्ग मिटर जग्गा आमा सिता थापामगर को नाउँमा भूमि प्रशासन कार्यालय भक्तपुरमा एकलौटी दर्ता श्रेस्ता कायम रहेको जग्गा हाल-साविक गर्न भनि जग्गाधनि प्रमाण पुर्जा तथा सम्पूर्ण आवश्यक कागजातहरु र सहिछाप समेत गरेर विष्णु बहादुर कार्की, दिपक कडेल, मनिष थापा, लाल बहादुर थोकर र लेखापढी व्यवसायी राधिका के.सीलगाएतले किर्तेनै गरेर जालसाझीमा जग्गा पास गरेकाे बताएका छन् ।

भूमी प्रशासन कार्यालय भक्तपुरका फाँट अधिकृत अधिकारीले किर्ते नभइ नियमाअनुसार नै जग्गा पास भएकाे र उनीहरूले कानुन अनुसार नै पिडितहरू आफैले सहिछाप गरेर कागजात ल्याएपछि कार्यालयले प्रकृयागत काम गरेकाे बताएका छन् ।