कोरोनाले विश्वभर १ लाख ४५ हजार ४२९ को मृत्यु

maitrinews

 

काठमाडौं । कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १ लाख ४५ हजार ४२९ पुगेको छ । विश्वभर माहामारीका रुपमा फैलिएको कोरोनाका कारण आज विहान ६ बजे सम्म ज्यान गुमाउनेको संख्या १ लाख ४५ हजार ४२९ पुगेको हो ।

कोरोनाले सबैभन्दा धेरै अमेरिकामा ३४ हजार ५८० जनाको ज्यान गएको छ । इटालीमा २२ हजार १७०, फ्रान्समा १७ हजार ९२०, स्पेनमा १९ हजार ३१५, बेलायतमा १३ हजार ७२९ जनाको कोरोनाको कारण ज्यान गइसकेको छ ।

अहिले विश्वभर १४ लाख ८७ हजार ७५२ कोरोना संक्रमितको उपचार भइरहेको छ ।