अमेरिकामा कोरोनाबाट एकैदिनमा २८ सयको मृत्यु
अमेरिका । कोरोना भाइरसबाट अमेरिकामा एकैदिन २८ सय भन्दा बढी मानिसको मृत्यु भएको छ । कोरोना नियन्त्रणमा आउने बेलामा झनै चर्को रुपले मृत्यु बढेको हो ।
अमेरिकामा मृतकको संख्या ४५ हजार ३१४ भन्दा बढी भएको छ । त्यस्तै संक्रमितको संख्या ८ लाख १९ हजार ६ सय २० भन्दा बढी भएको छ । नयाँ संक्रमित २७ हजार भन्दा बढी भएका छन् ।
सबैभन्दा बढी २ लाख ५६ हजार ५५५ जना न्यूयोर्कमा संक्रमित भएका छन् । नयाँ संक्रमित ४ हजार ४६१ जना रहेका छन् । न्यूयोर्कमा १९ हजार ६९३ जनाको मृत्यु भएको छ । ७६४ नयाँ मृतक हुन् ।
न्यूजर्सीमा ९२ हजार ३८७ जना संक्रमित भएका छन् । ३ हजार ५८१ नयाँ संक्रमित हुन् । त्यहाँ ४ हजार ७५३ जनाको ज्यान गएको छ । ३७६ जना नयाँ मृतक हुन् ।
त्यस्तै पेन्सेल्भिनियामा नयाँ २६६ मृतक, मिचिगनमा २३२ नयाँ मृतक हुन् । त्यस्तै मासाचुसेट्समा १५२ नयाँ मृतक हुन् ।