अमेरिकामा एकैदिन ३१ हजार पाँच सय संक्रमित

 

अमेरिका । अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या झनै उर्लिएको छ । विगत २४ घण्टाको अवधिमा ३१ हजार ४१९ नयाँ संक्रमित थपिएका छन् ।

योसंगै संक्रमितको संख्या ८ लाख ८० हजार १३६ पुगेको छ । त्यस्तै मृतकको संख्या ४९ हजार ८४२ पुगेको छ । नयाँ मृतक २ हजार ३२२ पुगेको छ ।

८५ हजार ९२२ जना मात्र उपचारपछि निको भएका छन् । सबैभन्दा बढी प्रभावित न्यूर्योक रहेको छ ।

त्यहाँ २ लाख ६८ हजार ५८१ जना संक्रमित भएका छन् । मृतक २० हजार ८६१ पुगेका छन् ।

दोस्रो प्रभावित न्यूजर्सीमा १ लाख २५ जना संक्रमित भएका छन् । मृतक ५ हजार ४२८ पुगेका छन् ।