कोरोना भाइरसबाट विश्वभरि मृत्यु हुनेको सङ्ख्या दुई लाख नाघ्यो, २८ लाख सङ्क्रमित

maitrinews

 

अमेरिका । केही युरोपेली देशमा सङ्क्रमणको घटना स्थिर वा घट्दो क्रममा देखिए पनि अफ्रिकाका कतिपय मुलुकमा प्रकोप फैलने क्रम बल्ल शुरू हुँदैछ
विश्वभरि कोरोनाभाइरसबाट मृत्यु हुने मानिसहरूको सङ्ख्या दुई लाख नाघेको अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ।
विश्वभरि सङ्क्रमण पुष्टि भएका व्यक्तिहरूको सङ्ख्या २८ लाखभन्दा बढी रहेको उसको तथ्याङ्कमा उल्लेख छ।
संयुक्त राज्य अमेरिकामा कोरोनाभाइरसबाट मृत्यु हुने व्यक्तिहरूको सङ्ख्या ५० हजार नाघेपछि विश्वभरिको पछिल्लो विवरण आएको हो।
अमेरिकामा कोरोनाभाइरसले विश्वका अरू मुलुकमा भन्दा धेरैको ज्यान लिएको छ।