कोरोना निको भएपछि बेलायती प्रम जोन्सनव्दारा काम सुरु
लन्डन। कोभिड १९ भएपछि एक महिना लामो उपचार र आराम गरेर ब्रिटिश प्रधानमन्त्री बोरिस जोन्सन काममा फर्किएका छन् ।
प्रधानमन्त्री जोन्सनले कोरोना भाइरस संक्रमणका कारण अहिले युके अत्यधिक जोखिममा रहेको भन्दै बन्दाबंदीका कारण धैर्य नगुमाउन देशवासीहरुलाई अपिल पनि गरेका छन् ।
देशले विश्वयुद्धपछि सबैभन्दा ठूलो समस्याको सामना गरिरहेको भन्दै उनले कठिन समयमा आआफ्नो तर्फबाट सहयोगी भूमिका खेल्ने सबैको योगदानको प्रशंसा गरे ।
अस्पतालहरुमा अत्यावश्यक औषधिहरुको अभाव भइरहेको, सरकारले भने अनुसार टेस्टीङ्ग गर्न नसकेको, अर्थतन्त्रलाइ चलायमान बनाउन ठोस योजना नल्याएको आदि आलोचना भइरहेका बेला प्रधानमन्त्री जोन्सन काममा फर्केका हुन् । तर उनले तत्काल लकडाउन हटाउने वा खुकुलो पार्ने सम्भावना नरहेको बताए।