मिस युनिभर्स नेपाल २०२० को आरम्भ

maitrinews

काठमाडौं । म नेपाली लिमिटेड नेपालका लागि मिस युनिभर्स संगठनको नयाँ दीर्घकालिन फ्रान्चाइजी हो जसलाई मिस युनिभर्स नेपाल २०१७ नग्मा श्रेष्ठले स्थापना गरेकी हुन् भने नेपालको एक मात्र बहु—बिलियन डलर मल्टिनेशनल समूह सीजी कर्पोरेसेन ग्लेबल यसको सह—संस्थापक हो । यसले पहिलो अल इन—एप ब्युटी पेजेन्ट— मिस युनिभर्स नेपाल २०२० को घोषणा गर्न पहिलो डिजिटल प्रेस सम्मेलन आयोजना गरेको छ ।
डिजिटल कार्यक्रममा सीजी कर्पोरेसन ग्लोबलको प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत राहुल चौधरी र मिस युनिभर्स संगठनका अग्रणी दिग्गज तथा नग्माको नेपाली महिला सशक्तिकरणका लागि शाहसी, बोल्ड र सुन्दर दर्शनका समर्थक निम्न सेलिब्रेटीहरुको सहभागीता रहेको थियो ।
ड्ड मिस युनिभर्स सुश्री जोजीबीनी टुन्जी
ड्ड मिस युनिभर्स नेपाल २०१८ सुश्री मनिता देवकोटा
ड्ड सुपरस्टार सुश्री इन्दिरा जोशी
कार्यक्रममा म नपालीकी क्रिएटिभ डिरेक्टर सुश्री अनुशा पीटरसनले मिस युनिभर्स नेपाल एपको पहल बारेमा कुरा गरेकी थिइन भने थुप्रै सुपरस्टार प्रतिस्पर्धी विजेताहरु पछाडिका कोच श्री जोनस गाफुडको पनि उपस्थित थिए । प्रेस सम्मेलन सुश्री प्रेस्का उदासले संचालन गरेकी थिइन् ।
म नेपालीका लागि पहिलो इन—एप सौन्दर्य प्रतियोगिता आयोजना गर्नुको युगल प्रेरणा यस प्रकार रहेका छन्
ड्ड कोभिड—१९ महामारीको समयमा प्रतिस्पर्धी र फ्यानहरुको सुरक्षा
ड्ड सौन्दर्यलाई लोकतान्त्रिकरण— जहाँ रहेपनि जस्तो आर्थिक अवस्थाका भए पनि नेपाली मन भएका युवाहरुलाई प्रतिस्पर्धा गराउँदै केहिका लागि लाभबाट धेरैका लागि अवसरको रुपमा सहभागीहरुलाई प्रतियोगितामा रुपान्तरण गर्ने ।

नग्मा भन्छिन्, “मेरा नजरमा नेपाली महिलाहरु शाहसी, बोल्ड र सुन्दर छन् । मैले ७ वर्षको उमेर देखिनै सौन्दर्य प्रतियोगितामा प्रतिस्पर्धा गर्ने सपना देखेकी थिए । मलाई लस भेगसमा मिस युनिभर्स पेजेन्टमा नेपालको प्रतिनिधित्व गर्न पाउँदा निकै गर्व लागेको थियो । आज, म मिस युनिभर्स नेपालको राष्ट्रिय निर्देशक भएकी छु । सपनाहरु साकार हुन सक्छन । र, म के सुनिश्चित गर्न चाहन्छु भने सबै युवा नेपाली महिलाहरुसँग मैले पाएँ जति समान अवसर छ , जित वा पराजित जे भएपनि त्यसले हामीलाई आफु र आफुले प्रतिनिधित्व गरेको देशप्रति गर्वान्भित महशुस गराउँदछ ।”
सीजी कर्पोरेसन ग्लोबलको प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत राहुल चौधरीले भन्नु भयो, “यस देशका गौरवशाली नागरिकको रुपमा सीजी कर्पोरेसन ग्लोबलका चार पुस्ताहरु नेपाललाई विश्वमा पुर्याउने दर्शनबाट निर्देशत छन् । हाम्रो दर्शनबाट प्रेरणा पाएर प्रतिभाशाली तथा प्रेरणादायक नेपालकी पूर्व मिस युनिभर्स नग्मासंग साझेदारी गरेर विश्वकै प्रतिष्ठित मिस युनिभर्स नेपालको ब्यान्डवागन ल्याउन पाउँदा अपार खुशी प्रदान गरेको छ । सबै अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताहरु मध्यकै इच्छित सौन्दर्य उपाधी भएकाले यसले महिला सशक्तिकरणको प्रतीक गर्दै मानवीय मुद्दाहरुको वकालत गर्दछ । यो घोषणात्मक समय यो भन्दा राम्रो अरु कुनै हुन सकेन किनभने हामी नेपालका सुन्दर महिलाहरुले यस चुनौतीपूर्ण समयमा सहानुभूतिका साथ राष्ट्रलाई मार्गदर्शन गरेको हेर्न चाहन्छौं । मिस युनिभर्स नेपालको उपाधीले प्रतिभाशाली महिलाहरुलाई सकारात्मक प्रभाव पार्न आवाज प्रदान गर्ने भएकाले हामी निकट भविष्यमा ग्लोबल मिस युनिभर्स कार्यक्रम नेपालमा ल्याउन कार्यरत छौं ।”
यस वर्षको प्रतियोगितालाई कार्यान्वयन गर्न नग्माले विज्ञहरुको वल्र्ड—क्लास टीम ल्याएकी छिन् ।
ड्ड सुश्री अनुशा पीटरसन डकोमेन्ट्री र कनसर्ट ब्रोडकास्टींग र वेव वा मोबाइल कास्ट इन्टरटेन्मेन्टकी एक अग्रणी निर्माता हुन्
ड्ड श्री जोनस गाफुड मिस युनिभर्स फिलिपिन्स् र सिंगापुरका हालको फ्रान्चाइजीका क्रिएटिभ र इभेन्ट डिरेक्टर हुन् । जोनसले प्रतियोगीहरुलाई प्रशिक्षण गर्दौ मिस युनिभर्सको मापदण्डलाई पुरा गर्ने सुनिश्चित गर्नेछन् ।
ग्राउन्ड ब्रेकिंग म नेपाली, मिस युनिभर्स नेपाल २०२० एप जुलाईको मध्यान्तरदेखि एप स्टोर र गुगल प्लेमा उपलब्ध हुनेछ ।
यहीँ काठमाडौंमा विकसीत गरिएको एप एकपटक उपलब्ध भइसकेपछि यसले नेपाली महिलाहरुको आत्मविश्वास र सौन्दर्यप्रति हाम्रो प्राविधिक क्षेत्रको ध्यान तान्नेछ, जुन आफैमा पहिलो हो ।
बोयलरप्लेट
म नेपाली लिमिटेडका बारेमा
म नेपाली लिमिटेड नग्मा श्रेष्ठद्वारा उच्च अन्तर्राष्ट्रिय मापदण्डहरु पालना गर्दै उनी आफै सशक्ति भएकाले प्रतियोगिताको लाभ उठाउँदै नेपाली महिलाहरुलाई सशक्तिकरण गर्न र भविष्यका मिस युनिभर्स नेपालहरु उत्पादन गर्न स्थापना गरिएको हो । म नेपाली लिमिटेड पहिलो पटक नेपालमा मिस युनिभर्सको दीर्घकालिन फ्रान्चाइज ल्याउन सफल भएको छ । शाहसी, बोल्ड र सुन्दर आदर्शका साथ कम्पनीले मिस युनिभर्स नेपाल पेजेन्टलाई उत्कृष्ट ढंगले (नेपाली संस्कृती, कलाकार र व्यक्तित्वको उत्कृष्ट प्रदशर्न गर्दै )विश्वस्तरीय कार्यक्रममा परिणत विश्वकै उत्कृष्ट पेजेन्ट मध्यको एक बन्नेछ ।
मिस युनिभर्स संगठनको बारेमा
मिस युनिभर्स संगठन एक इन्डेभर कम्पनी हो जसले मनोरञ्जन, फेशन र समाजसेवामा आफ्नो सम्बन्धको संजालमार्फत विश्वभरका महिलाहरुलाई अवसरहरु सृजना गर्दै अग्रसर गर्दछ । मिस युनिभर्स संगठनले हरेक महिलाहरुलाई आफैलाई चुनौती दिँदै आफ्नो अद्भुत आवाज पहिचान गर्न र संगठनको निसन्देह रुपले सुन्दर बन्ने लक्ष्यलाई मूर्त रुप दिन प्रत्सोहान गर्दछ । प्रत्येक वर्ष मिस युनिभर्स कार्यक्रममा सहभागी हुने १०,००० महिलाहरुले आफ्नो समुदायमा प्रभाव पार्दै अन्यलाई उनीहरुको व्यक्तिगत र व्यवसायिक लक्ष्यहरु हासिल गर्न प्रेरित गर्दछन् । मिस युनिभर्स, मिस युएसए, मिस टीन युएसए प्रतियोगिताले प्रतिस्पर्धी र उपाधी धारकहरुलाई ग्लोबल च्यारीटी, स्पोन्सर र ब्रान्डको साथ समर्पित साझेदारीमार्फत अन्तर्राष्ट्रिय प्ल्याटफर्म प्रदान गर्दछ । थप जानकारी र मिस युनिभर्स संगठनको आधिकारिक ग्लोबल कजहरुको बारेमा थाहा पाउन धधध।mष्ककगलष्खभचकभ।अयm हेर्नुहोस् ।
सीजी कर्पोरेसन ग्लोबलका बारेमा
सीजी कर्पोरेसन ग्लोबल फोब्र्स म्यागजिनबाट मान्यता प्राप्त नेपालको एक मात्र बहु—बिलियन डलर मल्टिनेशनल समूह हो । सन् १९३३ मा स्थापना भएको यस इनटरप्राइजेजमा १६७ कम्पनीहरु र ७९ ब्राण्डहरु छन् जसअन्तर्गत एफएमसीजी, आतिथ्य, शिक्षा, रियल्टी, अर्जा÷इन्फस्ट्रक्चर, इलेक्ट्रोनिक्स, सिमेन्ट र टेलिकम तथा आईटी पर्दछ । इम्प्रोल्यर ब्रान्डिंग अवार्ड २०१७ बाट एशियाकै बेस्ट इम्प्रोल्यरमा प्रदत्त यस समूहमा १३००० भन्दा बढि उच्च सीप तथा प्रशिक्षत कर्मचारीहरु छन् । २४ वटा देशहरुमा संचालनमा रहेको यस समूहले अध्यक्ष डा.बिनोद चौधरीको नेतृत्वमा र चौधरी परिवारको आउँदो पुस्ताले द्रुत विस्तारबाट निर्देशित ग्लोबल वृद्धि कथामा चर्चा बटुलेको छ । सीजी कर्पोरेसन ग्लोबल एक परम्परागत कर्पोरेसन हुन जुन निरन्तर उद्योगको विस्तारसंगै विकसित भएर आफुले चालेको हरेक क्षेत्रमा उच्च गुणस्तरका लागि प्रतिबद्ध छ । व्यवसाय बाहेक, कम्पनीको एक विशिष्ट झुकाव छ र मजबुद संस्थागत सामाजिक जिम्मेवारी —सीजी फाउन्डेशन मार्फत समुदायको हितका लागि काम गरिरहेका छन् ।

सबै प्यानलिस्टहरुका बारेमा छोटो परिचय
श्रन सी म्याक्लिन ः मिस युनिभर्स संगठनका भाइस प्रेसिडेन्ट, बिजनेश डेभलप्मेन्ट र मार्केटिंग
नग्मा श्रेष्ठ ः मिस युनिभर्स नेपाल २०१७ र म नेपाली लिमिटेडको नेशनल डिरेक्टर
नग्मा मिस युनिभर्स पेजेन्टमा प्रतिनिधित्व गर्ने पहिलो मिस नेपाल हो । उनले मिस अर्थमा पनि नेपालको प्रतिनिधित्व गरेकी थिइन जहाँ उनी शिर्ष ८ मा पुगेकी थिइन र अन्तर्राष्ट्रिय पेजेन्टको फाइनलमा पुग्ने उनी नेपालकी पहिलो ब्युटी क्वीन बनिन् । उनी चीनमा आयोजना भएको वल्र्ड मिस युनिभसिटी २०१६ को तेस्रो रनर अप पनि हुन् र इजिप्टमा मिस इको युनिभर्स २०१६ को बेस्ट टुसिजम भिडियो पुरस्कार विजेता हुन् । कर्ननेल युनिभसिटीको लिडरसीप प्रमुख उनीले इमेज च्यानलमा भिडियो जकीको रुपमा काम गरेकी थिइन ।
अनुशा पीटरसनः मिस युनिभर्स नेपालकी क्रियटिभ डिरेक्टर
उनी मलेसियाकी डकोमन्ट्री, कन्सर्ट ब्रोडकास्ट र वेब÷मोबाइल कास्ट इन्टरटेन्मेन्टकी अग्रणी निर्माता हुन् । यस वर्ष उनले डिजिटल कार्यक्रमहरु मात्र उत्पादन गरिरहेकी छिन् ।
जोनस गाफुडः मिस युनिभर्स नेपालका आधिकारिक प्रशिक्षक
“मामा जे” भनेर परिचित उनी फिलिपिन्सका उद्यमी हुन् । उनी मिस युनिभर्स फिलिपिन्स् र सिंगापुरका हालको फ्रान्चाइजीका क्रिएटिभ र इभेन्ट डिरेक्टर हुन् । जोनसले प्रतियोगीहरुलाई प्रशिक्षण गर्दौ मिस युनिभर्सको मापदण्डलाई पुरा गर्ने सुनिश्चित गर्नेछन् ।
म्निता देवकोटा ः मिस युनिभर्स नेपाल २०१८
महिला स्वास्थ्यको समर्थक मनिता थाइल्याण्डमा आयोजित मिस युनिभर्स २०१८ को फाइनलमा शिर्ष १० स्थानमा पर्न सफल भएकी थिइन । उनी प्रोजेक्ट यू कि स्थापक पनि हुन् जसले नेपालमा ग्रुमिंग, क्यारेक्टर डेभलपमेन्ट र पेजेन्ट्री वर्कसप संचालन गर्दछ ।
जोजीबिनी टुन्जी ःरेगिनिंग मिस युनिभर्स २०१९
जोजीबिनी टुन्जी एक दक्षिण अफ्रिकी मोडल हुन् र ब्युटी क्वीन हुन जसले मिस युनिभर्स २०१९ को ताज पाएकी छिन् । उनी दक्षिण अफ्रिकाबाट उपाधी जित्ने तेस्रो र मिस युनिभर्स २०११ की विजेता ल्यइला लोपेस पछिकी पहिलो काली महिला हुन् ।
इन्दिरा जोशी ः विशेष अतिथि
इन्दिरा जोशी नेपालकी प्रख्यात महिला गायिका हुन र यसका साथै उनी अन्तर्राष्ट्रिय फ्रान्चाइज रियालीटी सो “नेपाल आइडल” की निर्णायक पनि हुन् ।