पद्माका २ गीत

maitrinews

 

 

गीत १
माछापुच्छ्रे फेबातालमा पौडी खेल्न झर्यो
यो मनले त्यो मन माग्दै उतैतिर सर्यो

मोती टिपी फकूँ भन्छु समुद्रमा डुबेपछि
त्यतै बास मागूँ भन्छु गन्तव्यमा पुगेपछि
लामो थियो एक्लो यात्रा कष्ट कति पर्यो
यो मनले त्यो मन माग्दै उतैतिर सर्यो

एक्लो बर देखेपछि पीपत उतै आड लाग्यो
मनको सारा दुःख पीडा क्षण भरमै टाढा भाग्यो
यात्राभरी लौरीविना कति खोला तर्यो
यो मनले त्यो मन माग्दै उतैतिर सर्यो

गीत २
मलमपट्टी आफु राखी चोट मलाइ दिनू
जसजति आफै लिनू खोट मलाई दिनू
संसार नै स्वार्थी भा छ तिमीलाई के को गाह्रो
सिलासाङ्ला फल टिपी बोट मलाई दिनू

जीवन मेरो सार्थक भा छ कर्कलाको पानी
भुल हो मेरै नजिक राखेँ तिम्ललाई आफ्नै ठानी
मलमपट्टी आफु राखी चोट मलाइ दिनू
जसजति आफै लिनू खोट मलाई दिनू

चौबीस घन्टा के नै अर्थ विना दिन रात
जीवन बुझ्ने कोसिसमा छु बिना तिम्रो साथ
मलमपट्टी आफु राखी चोट मलाइ दिनू
जसजति आफै लिनू खोट मलाई दिनू

पद्मा लिंखा मगर, हाल अमेरिका