घिन लाग्छ …..
शिथिलता को युग्मज भ्रुणमा गुल्टिएको कल्पनामा
म बबुरो बबुलको क्वाथले मन्जन गर्दै, सोच्दै ,थुक्दै
समालोचनाका बिच एन्जाइटिको क्विक रिलिफ गर्दा
गल्लि गल्लिमा लुते, लिँडे कुकुर 🐕भुक्दै गर्दा
पथिकहरू गन्तव्य मा पुग्न प्राणायाम सहित लछारपछार गर्दा
सहि विचारको अचार बनाइ स्वाद लिनेहरु
देखेर किन हो किन घिन लाग्छ ?
🐞🐞🐞🐞🐞🐞🐞🐞🐞🐞🐞🐞🐞
परिबन्धको पर्खाल लाइ नबुझेका शठहरु
जिरोलाइ हिरो बन्न झक्झक्याउदै झक्कास बन्न खोज्ने जालझेले हरु
कुड्कि कुड्कि मा मुड्कि कस्ने किस्किन्धा राज मुखिया बनेकाहरु
झुप्पा झुप्पाहरूमा बालि को फल निमोठि अस्थायी मुस्कानले तृप्त पार्ने हरु
देखेर किन हो किन घिन लाग्छ ?
🐞🐞🐞🐞🐞🐞🐞🐞🐞🐞🐞🐞
स्वाधिनताको नारा खोजी आफ्नै स्वानिको पछ्यौरी को कसिएको गाँठो भित्र बन्धित अन्ध मनुवा हरु
आफ्नै आमाको दूध को मूल्य नबुझि तथानाम गालिल शब्द वाण प्रहार गर्ने महान अहिरावणहरु
देशको माटोको सौदावाजि गर्न कुठाराघात गर्न तम्सनेहरु
दुलाभित्र बसि स्वार्थ को चुलो सजाउने निकृष्ट हरु
देखेर किन हो किन घिन लाग्छ ?
🐞🐞🐞🐞🐞🐞🐞🐞🐞🐞🐞🐞🐞
स्वार्थ सिद्ध गर्न दिशा पिशाब कुपुल्काउन समेत बाजि थाप्ने हरु
मुखामुख गर्ने कालिदास बनेका कपोलकल्पित भ्रमरुपि हाम्रा वन्देहरु
फरियाको फोबियाले आकुल, व्यग्र तामसिहरु कुलाङ्गारको कालो दाग बोकेका तुच्छ हरु
सुन्दर मानव जिवनको गलत विश्लेषण गरि भरपुर उपयोग नगरि अपराध मा संलग्न पतित नरहरु
देखेर किन हो किन घिन लाग्छ ?
🐞🐞🐞🐞🐞🐞🐞🐞🐞🐞🐞🐞🐞
खानकै लागि मात्र गुजारा गर्न भ्याएको गरिब को पसिना सोस्नेहरु
चाकरी गरेर पनि कट्टु धुन लाइन नपाएर कोमा बस्नेहरु
शोषकको जि हुजुरी गरि सोझाको धोती फुकाल्न ग्रुप मा रक्सी खाएर हिड्नेहरु
आधुनिकता को चक्रपथ मा चक्रबहादुर बनी लोकसंस्कृतिको घाँटी निमोठ्नेहरु
कता कता त्यस्तै त्यस्तैमा म आफैं परेपनि
आफैसँग किन हो किन घिन लाग्छ ?
।।।।।।।।।।किन हो किन घिन लाग्छ ?
🐸🐸🐸🐸🐸🐸🐸🐸🐸🐸🐸
– शिवराज कलौनी भि न पा ३ कंचनपु