जनकपुर । जनकपुरमा सरकारको समर्थन गर्दै बृहत प्रदर्शन भएको छ । प्रधानमन्त्री केपी ओलीको समर्थन गर्दै नेकपाले प्रदर्शन गरेको हो ।
मंगलबार जनकपुरको रेल्वे स्टेसनबाट जुलुस निकालेर नगरको विभिन्न भाग परिक्रमा गरिएको थियो। प्रदर्शनमा उपप्रधानन्त्री इश्वर पोखरेलसहित नेताहरु रघुवीर महासेठ, प्रभु साह, जुली महतो लगायतका नेताहरु सहभागी हुनुहुन्थ्यो ।
प्रदर्शनपछि नेकपाको जिल्ला भेला नेकपाको प्रदेश २ पार्टी कार्यालयमै भएको छ।