अब विद्यालय तहमा नयाँ पाठ्यक्रम लागू हुने
काठमाडौं । सर्वोच्च अदालतले विद्यालय तह ९कक्षा १ देखि १२ सम्म० नयाँ पाठ्यक्रम लागू नगर्न भन्दै परेको रिट खारेज गरि दिएसँगै अब नयाँ पाठ्यक्रम लागू गर्न बाटो खुला भएको छ । न्यायाधीश तेजबहादुर केसी र प्रकाशनकुमार ढुङगानाको इजलासले सो रिट खारेज गर्ने निर्देशनात्मक आदेश दिएको सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिनुभएको हो ।
यस अघि नयाँ पाठ्यक्रम लागू गर्न रोक लगाउने माग गर्दै भागवत अर्याल लगायत सात जनाले रिट दायर गर्नुभएको थियो । सो रिट खारेज भएसँगै विद्यालय स्तरमा चरणवध्द रूपमा नयाँ पाठ्यक्रम अनुसार पढाउने वा पुरानो भन्ने अन्योल अन्त्य भएको छ ।