भारतमा कोरोनाको खोप लगाउन शुरु

maitrinews

 

नयाँदिल्ली । भारतमा शनिबारदेखि कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु गरिएको छ । पहिलो चरणमा तीन करोड मानिसका लागि खोप लगाउन लागिएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भोडियो कन्फरेन्समार्फत भारतीय समय अनुसार बिहान १०ः३० बजे कोरोना भाइरसको भ्याक्सिनेसनको सुरुआत गर्नुभयो ।

सबै २९ राज्य र केन्द्र शासित प्रदेशहरुमा ३ हजार ६ साइट्समा एकैसाथ यो कार्यक्रमको थालनी भएको छ ।

पहिलो दिन हरेक साइटमा कम्तीमा १०० जनालाई खोप लगाइने छ ।

मोदीले कोरोना महामारी विरुद्धको संक्रमण भारतीयहरु एकताबद्ध भएर लडेको बताउँदै खोपका लागि पनि भारतले कडा परिश्रम गरिरहेको बताउनुभयो ।

‘एक अर्बभन्दा बढी जनसंख्या भएको भारतमा महामारीका समयमा मानिसहरुले स्वास्थ्य मापदण्ड अपनाउँदा क्षति कम भएको छ। एक करोडभन्दा बढी मानिसहरुले महामारी लडेका छन् र जितेका छन् । अन्य मुलुकभन्दा भारतमा महामारीको प्रभाव निकै न्युन छ ।