निर्वाचन आयोेगमा के भने नेकपाका दुवै पक्षले

 

काठमाडौं । निर्वाचन आयोगले बोलाए अनुसार नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुबै खेमाका प्रतिनिधि निर्वाचन आयोगबाट बाहिरिएका छन् । आयोगका पदाधिकारीसँग छलफल पछि प्रचण्ड खेमाका नेताहरु केही पहिले बाहिरिनु भएको थियो भने ओली खेमाका नेताहरु पनि बाहिरिनु भएको छ ।

बैठक पिछ नेता सुवासचन्द्र नेम्वाङले कुनै पनि कारणले निर्वाचनको तयारी नरोक्न निर्वाचन आयोगलाई सुझाव दिइएको बताउनुभएको छ । छलफल पछि पत्रकारसँग संक्षेपमा कुरा गर्नुहुँदै त्यस्तो सुझाव दिइएको उहाँले जानकारी दिनुभयो । “दल दर्ता र निर्वाचन तयारीको विषयमा आज छलफल भयो, त्यसकैलागि हामीलाई यहाँ बोलाइएको थियो” नेता नेम्वाङले भन्नुभयो, “नेकपा आधिकारीकताका विषयमा निर्वाचन आयोगले टुङ्गो लगाइसकेको छ, हामी नै आधिकारीक नेकपा हौं ।” अब निर्वाचनका लागि दल दर्ताको प्रक्रियामा गएर निर्वाचनबाटै सबै कुरा टुङ्गिन्छ उहाँले भन्नुभयो ।

प्रचण्ड–माधव पक्षका केही नेताहरुले आफू आधिकारीक पार्टी भएको बताए पनि त्यस्तो नरहेको, अध्यक्ष र महासचिवको हस्ताक्षर चल्ने पुरानै नेकपालाई आयोगले मान्यता दिएकाले अव चुनावी प्रक्रिया अघि बढ्ने उहाँले बताउनुभयो । आफूहरुले अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट तोकिएको समयमा नै निर्वाच सम्पन्न हुनु पर्छ भन्ने स्पष्ट सन्देश रहेको आयायोगलाई जानकारी गराएको बताउनुभयो ।
अयोगमा केपी ओली खेमाका तर्फबाट पूर्व सभामुख सुवास नेम्वाङ, अर्थमन्त्री विष्णु पौडेल, प्रधानमन्त्रीका कानुनी सल्लाहकार बाबुराम दाहाल, मन्त्री कृष्ण गोपाल श्रेष्ठ तथा रामेश्वर फुयाल आयोगमा जानु भएको थियो ।
त्यस्तै प्रचण्ड खेमाका तर्फबाट राजेन्द्र पाण्डे, लिलामणि पोखरेल, मुक्ति प्रधान जानु भएको थियो । प्रचण्ड खेमाका प्रतिनिधिहरुले अहिले प्रचण्ड तथा माधवकुमार नेपाल उपत्यका बाहिर रहेकाले १८ गते अघि कुनै बैठक बस्न नसक्ने र त्यस पछि उहाँहरु स्वयं आयोगमा उपस्थित हुने कुरा आयोगलाई जानकारी गराउनु भएको थियो ।
त्यस्तै नेकपा भित्रको अहिलेको विवाद निरुपण नगरी नयाँ दलदर्ताको प्रक्रिया अगाडि नबढाउन आफूहरुले सुझाव दिएको बैठकपछि राजेन्द्र पाण्डेले पत्रकारहरुलाई जानकारी गराउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *