गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिका च्याप्टरले ३३ औं पटक निःशुल्क खाद्यान्न वितरण

maitrinews

 

न्युयोर्क । गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले शनिवार, जनवरी ३०, २०२१ का दिन निशुल्क खाधन्न वितरण कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ। निशुल्क खाधन्न वितरण कार्यक्रम न्युयोर्क शहरको क्वीन्स बोरो स्थित क्वीन्स टुगेदर संस्थाका सह(संस्थापक जनाथन फरगास संग यसै फाउण्डेशन ले सहकार्य गरी ३३ औं पटकको निशुल्क खाधन्न वितरण दिउँसो २ बजे सम्पन्न गरेको थियो।

गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले क्वीन्स टुगेदर सँग सहकार्य गरी विभिन्न समुदायका २१५ जनालाई निशुल्क खाधन्न ९बासमति चामल, कालो दाल, रातो दाल, गहतको दाल, पियाज, आलु र गाजॅंर० वितरण गरेको यसै फाउण्डेशनका अध्यक्ष सोमनाथ घिमिरे जानकारी गराउनु भयो।

गिरिजाप्रसाद कोईराला फाउण्डेसन अमेरिका च्याप्टरले न्युयोर्कको क्वीन्समा रहेका समाजसेविहरु क्रमशस् बिरेन्द्र मानन्धर, साड।टेम्बा शेर्पा, फुर्पा लामा शेर्पा, रेन्जेन शेर्पा, सन्जु शेर्पा, लाक्पा डोमा शेर्पा, सेरगेल्बु शेर्पा, कर्मा शेर्पा र पासाड। शेर्पा मार्फत खाधन्न वितरण गरेको थियो।

फाउन्डेसनको निःशुल्क खाधन्न वितरण कार्यक्रममा तन, मन र बचन दिएर क्रमशः यसै फाउण्डेशन का उपाध्यक्ष सुवर्ण लामा, महासचिव छिरीङ्ग राप्के लामा, कार्यसमिति सदस्यहरु क्रमशस् रामचन्द्र अधिकारी, रेखा श्रेष्ठ, राजेश आचार्य, प्रेम पौडेल, प्रेम क्षेत्री अधिकारी र ध्रुव कुवॅंर क्षेत्री खटिनु भएको थियो भने ऐबिसी न्युजकी पत्रकार मेडालिन रेनवारगरको पनि उपस्थिती रहेको थियो।

गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिका च्याप्टरले क्वीन्स टुगेदर संस्थाका सह(संस्थापक जनाथन फरगासलाई धन्यवाद एंव आभार प्रकट गरेको छ ।