म्यानमारको सेनालाई बाइडनको चेतावनी

maitrinews

 

अमेरिका । अमेरिकी राष्ट्रपति जो बाइडनले म्यान्मारको सेनाले नेत्री आङ सान सू चीसहित अन्य नेताहरूलाई गिरफ्तार गरेर देशको शासन सत्ता हातमा लिएको भन्दै सेनाविरुद्ध कदम चालिने धम्की दिएका छन्।
बाइडनले म्यान्मारको सेनालाई तत्काल सत्ता छोड्न भनेका छन् र त्यसो नभए अमेरिकाले “उचित कदम” चाल्ने बताएका छन्। अमेरिकी सिनेटका वरिष्ठ रिपब्लिकन मिच मक्कोनेलले नेत्री सू चीको गिरफ्तारिलाई “भयभीत पार्ने” भनि व्याख्या गरेका छन्। युरोपेली सङ्घ, जापान र भारतले म्यान्मारमा प्रजातन्त्र फिर्ता हुनुपर्ने ह्वाइट हाउसको मागमा समर्थन जनाएका छन्।

गत नोभेम्बरमा भएको संसदीय निर्वाचनमा सुकी नेतृत्वको पार्टीले सरकार गठन गर्नका लागि अत्याधिक बहुमत प्राप्त गरेको भएपनि सेनाले निर्वाचनमा धाँधली भएको भन्दै सरकार गठन गर्न दिएको थिएन । म्यानमारमा सेनाले सरकार संचालन व्यवस्था आफ्नो हातमा लिएपछि त्यसको चौतर्फी बिरोध भईरहेको छ । म्यानमारमा सेनाले एक वर्षका लागि संकटकाल घोषणा गरेको छ ।