कम्युनिस्टको बर्को ओढेर बाटामा बस्नेहरुले कम्युनिस्ट आन्दोलनलाई बदनाम गराए

 

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिस्टको बर्को ओढेर कम्युनिस्ट आन्दोलनको बदनाम गरिएको बताउनुभएको छ ।

उहाँलेक पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्षलाई लक्षित गर्दै कम्युनिस्टको बर्को ओढेर बाटोमा बस्नेहरुले कम्युनिस्ट आन्दोलनको बदनाम गराएको बताउनुभएको हो। बिहीबार काठमाडौंमा अखिल नेपाल किसान महासंघको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै कम्युनिस्टको खोल ओढेकै व्यक्तिले बदनाम गराएको स्पष्ट गर्नुभयो ।

सम्बोधनका क्रममा उहाँले भन्नुभयो, ‘कम्युनिस्टकै बर्को ओढेर बाटोमा बस्नेहरुले कम्युनिस्ट आन्दोलनको बदनाम गराए । कम्युनिस्ट आन्दोलन र लोकतन्त्रको सबैभन्दा बढी विरोध कम्युनिस्टकै खोल ओढेकाले गरेका छन् ।’

त्यस्तै प्रधानमन्त्री ओलीले विगतमा पनि कम्युनिस्ट आन्दोलनलाई बदनाम गराइएको उल्लेख गर्दै भन्नुभयो, ‘विगतमा पनि यिनीहरुले यिनीहरुले कम्युनिस्ट आन्दोलनलाई निर्दयी, संवेदनहीन, मानवताहीन भएको हुन्छ भनेर उपद्रो गरे । ल्याएर हामीले धेरै कोसिस गर्यौँ । तर सुधार्न सफल भइएन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *