प्रचण्ड–माधवको जुलुसमा भारतीय झण्डाको प्रयोग

maitrinews

 

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाबाट अलग भएका प्रचण्ड–माधव समूहले आज निकालेको जुलुसमा भारतीय झण्डाको प्रयोग भएको छ । दाहाल र माधव नेपालको नेतृत्वमा भएको जुलसको बीचमा भारतीय झण्डाको प्रयोग भएको देखिएको छ । अतिक्रमित नेपालको भूभाग कालापानी, लिम्पियाधुरा र लिपुलेकसहितको भूभाग समेटेर सरकारले नक्सा जारी गरेपछि प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध अभियान चलाएको प्रचण्ड(माधव गुटले आफ्नो जुलुसमा भारतीय झण्डाको प्रयोग गरेका छन् ।

यो तस्विरले के देखाउँछ भने यो समूह निर्लज्ज ढंगले भारतको पक्षमा उभिएको प्रष्ट हुनुका साथै भारतको कठपुतली समेत रहेको प्रामाणित गरेको छ ।