ट्रम्पविरुद्ध बदलाको अभियान चलाइएको वकिलहरूको आरोप

 

अमेरिका । पूर्व अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध माथिल्लो सदन सिनेटमा चलिरहेको महाभियोगसम्बन्धी सुनुवाइका क्रममा उनका वकिलहरूले डेमोक्र्याटिक दलले ट्रम्पविरुद्ध बदलाको अभियान चलाएको आरोप लगाएका छन्।

सिनेटमा महाभियोग लगाउनु पर्ने कारणहरू प्रस्तुत गर्ने क्रममा डेमोक्र्याटिक दलका नेताहरूले यो साता ज्यानुअरी ६ मा भएको क्यापिटल भवन हमलाका कैयन् भिडिओ फुटेज समेत प्रदर्शन गरेका थिए।
के भने ट्रम्पका वकिलले ?

सुनुवाइमा आफैँ बयान दिन अनुपस्थित भएका ट्रम्पका वकिलहरूले शुक्रवार डेमोक्र्याटिक दलका तर्कहरूको प्रतिवाद गर्न केही घण्टामात्र लिएका थिए।

ट्रम्पले ती घातक हमला गर्न समर्थकहरूलाई उक्साएको आरोपलाई खण्डन गर्दै वकिलहरूले ट्रम्पको अभिव्यक्तिलाई अमेरिकी संविधानले रक्षा गर्ने जिकिर गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *