अब सांसद किनबेच र अपवित्र गठबन्धन शुरु हुन्छ

 

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रतिनिधि सभा विघटनसम्बन्धी विवाद तत्कालका लागि अन्त्य भएको प्रतिक्रिया दिनुभएको छ ।

विद्यमान संकटको समाधान निर्वाचन नै भएको प्रतिक्रिया दिंदै आएका थापाले प्रतिनिधि सभा पुनर्स्थापनासंगै सांसद किनबेच शुरु हुने पनि बताउनुभयो ।

‘विघटन सम्वन्धि विवाद तत्कालका लागि अन्त भएको छ। तर, प्रतिनिधिसभा पुनर्स्थापनासंगै सांसद किनबेच,अपवित्र गठबन्धन एवं अस्थिरता र अराजकताको नयाँ श्रृंखला शुरूहुने संभावना बढेको छ। यो फैसलाले प्रजातान्त्रिक मूल्य, मान्यता कसरी जोगाउने नयाँ चुनौती खडा भएको छ ।’ उहाँले भन्नुभयो ।

अध्यक्ष थापाले संविधानले संविधानको व्याख्या गर्ने अधिकार सर्वोच्च अदालतलाई दिएकोले सर्वोच्चको फैसला सबैले स्विकार गर्नुपर्ने बताउँदै आउनुभएको थियो ।