स्मार्टडोकोलाई नेपालमा उच्च मूल्याङ्कन ई–कमर्स्को रूपमा मान्यता प्राप्त
काठमाडौँ । नेपाली ई–कमर्स् कम्पनी स्मार्टडोकोले भर्खरै आईएमएस ग्रुपको लगानी पछि ४.५ अंक सहित नेपालमा उच्च मूल्याङ्कन ई–कमर्स् एप्को रूपमा मान्यता प्राप्त गर्न सफल भएको छ ।
स्मार्टडोको एक अनलाइन सपिङ्ग गन्तव्य हो जस्मा विभिन्न थरीको सामानहरु ग्राहकलाई बिना झन्झट एक क्लिकमै उपलब्ध गराइन्छ । स्मार्टडोकोले आफ्नो वेबसाइट र मोबाइल एप्लिकेसनलाई पुनः सुधार गरी दुई महिना अघि पुनः सुरू गरेको थियो । स्मार्टडोकोसँग अहिले १०,००० भन्दा बढि सामानहरू छ र यसले हरेक दिन आकर्षक बिक्रि र आश्चर्यजनक कारोबार गर्ने गर्दछ ।
ग्राहकहरुले पाउने थप सुविधाहरु यस्ता रहेका छन् ः
– रिंगरोड भित्र निः शुल्क डेलिभरी
– हरेक खरीदमा रिवार्ड पोइन्ट
– भारी छुट र छुट कुपनहरू
– सजिलै रिटर्न गर्न सकिनेछ
– भुक्तानी विकल्प (नगद ÷ कार्ड ÷ सेलपे ÷ ई–सेवा ÷ मास्टरकार्ड)
“सर्वप्रथम, छोटो समयको दौरानमा स्मार्ट डोकोलाई नेपालमा सबैभन्दा उच्च मूल्याङ्कन गरिएको ई–कमर्शका रुपमा स्थापित गर्न निरन्तर माया र साथ प्रदान गर्नुभएकोमा हामी हाम्रा ग्राहकहरु तथा शुभ चिन्तकहरुलाई धन्यवाद ज्ञापन गर्न चाहन्छौं ।
स्मार्टडोको रिलन्च सोचे जस्तो नभएता पनि हामीले उत्तम सेवा दिने प्रयास ग¥यौं । अन्तमा, हामी दुबै प्ले–स्टोर र एप्–स्टोरमा उच्च रेटिङ्ग ई–कमर्स् एप् हुन सफल भयौं । हाम्रा लागि ग्राहक सन्तुष्टि अत्यन्त महत्वपूर्ण रहेकोे छ र हामीले हाम्रा ग्राहकहरुलाई सधैं उत्कृष्ट सेवा प्रदान गर्ने प्रयत्न गरेका छौं । स्मार्टडोकोलाई सकारात्मक प्रतिक्रिया र उच्च मूल्याङ्कन गरिएकोमा हामी सही दिशातर्फ छौं भन्ने हामीलाई लाग्दछ तर हाम्रो गन्तव्य अझै टाढा छ ।
उत्कृष्ट सामान, मूल्य तथा कारोबार एवं उत्साहजनक अभियान मार्फत हामी ग्राहकहरुको सन्तुष्टि प्रदान गर्न र अपेक्षा बढाउन हाम्रा प्रयासहरु केन्द्रित गर्नेछौं र सबैभन्दा महत्वूर्ण कुरा, हाम्रा ग्राहकहरुलाई नेपालमा सबभन्दा बढी सुविधाजनक अनलाइन शपिंगको अनुभव दिन प्रयास गराउनेछौं । – दिकेश मलहोत्रा, अध्यक्ष तथा सि.ई.ओ., आई.एम.एस. ग्रुप