माओवादीले समर्थन फिर्ता लिए पनि हामी फर्किदैनौं : लेखराज भट्ट

 

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आफूहरु माओवादी केन्द्रमा नफर्किने दाबी गर्नुभएको छ। आज नयाँ बानेश्वरस्थित संसद् भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्ने क्रममा माओवादी केन्द्रबाट निर्वाचित भटटले अहिले आफूहरुले छलफल गरिरहेको भएपनि पार्टीमा फर्किने सम्भावना भने धेरै कम रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हामी अहिले छलफलमा छौं। प्रधानमन्त्री ज्यूसँग पनि छलफल गरिरहेका छौं, अबको केही दिनमा निर्णय लिन्छौं।’

माओवादी केन्द्रमा फर्किने सम्भावना कत्ति छ ? भन्ने सञ्चारकर्मीको जिज्ञासामा त्यसको सम्भावना कम रहेको बताउनुभयो । उहाँले माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिए पनि फकिर्न सम्भावना आफूले नदेखेको बताउनुभयो । ‘पार्टीले समर्थन फिर्ता लिए पनि हामी फर्किने सम्भावना म देख्दिँन’ उहाँले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *