राष्ट्रपति भण्डारीले आज कोरोना खोप लगाउनुहुने

 

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोनाभाइरस विरुद्धको खोप लगाउने हुनु भएको छ ।

राष्ट्रपति भण्डारीले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा रहेको खोप केन्द्रमा अपरान्ह ४ बजे खोप लगाउने कार्यक्रम रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भने फागुन २३ गते खोप लगाइसक्नुभएको छ ।