माओवादी मन्त्रीहरुले पत्र बुझे पनि माओवादीमा फिर्ता नहुने

 

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारमा सहभागी आफ्ना पार्टीका नेताहरुलाई फिर्ता हुन निर्देशन दिई पठाएको पत्र मन्त्रीहरुले बुझे पनि माओवादीमा नफर्कने भएका छन् ।

माओवादी केन्द्रको केन्द्रीय कार्यालयको चिठी बोकेर केही नेताहरु सिंहदरबारस्थित मन्त्रीहरुको कार्यकक्षमा पुगेका थिए । ती नेताहरुका अनुसार गृहमन्त्री रामबहादुर थापा बादलले आफैँ चिठी बुभ्नुभयो ।
ऊर्जा, जलस्रोत तथा सिञ्चाइमन्त्री टोपबहादुर रायमाझी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, खानेपानी मन्त्री मणि थापा, सहरी विकास मन्त्री प्रभु साह, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीले आफ्नो सचिवालयमार्फत पत्र बुझेका केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिनुभयो ।

तर, खेलकुदमन्त्री दावा लामाले भने पत्र बुझ्नै मान्नु भएन । मन्त्रीको सचिवालयले समेत चिठी नबुझ्ने अडान लिएपछि हुलाकमार्फत पत्र पठाइएको छ ।
फागुन २९ गते बसेको स्थायी समितिको बैठकले सरकारमा सहभागी पार्टीका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको थियो

फागुन २८ गते नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री रामबहादुर थापा बादलसहित माओवादी केन्द्रका २३ नेतालाई केन्द्रीय सदस्य मनोनित गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *