नयाँ महान्यायाधिवक्तामा बडाल

maitrinews

 

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रमेश बडाललाई महान्यायाधिवक्तामा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । सरकारले महान्यायाधिवक्तामा बडालको नाम सिफारिस गरेको थियो ।
काभ्रे निवासी उहाँ पछिल्लो समय सरकारविरुद्ध अदालतमा परेका विभिन्न मुद्दामा सरकारको प्रतिरक्षामा सक्रिय रुपमा लाग्नुभएको थियो । महान्यायाधिवक्ता अग्नि खरेलले आज पदबाट राजीनामा दिएलगत्तै बडाल महान्यायाधिवक्ता सिफारिस हुनुभएको हो। प्रधानमन्त्री कार्यालयले उहाँको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। महान्यायाधिवक्तालाई सरकारको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक प्रावधान छ।