सभा, जुलुस र भेला नगरौँ

maitrinews

 

काठमाडौँ । कोरोना भाइरसको महामारी जारी नै रहेका बेला स्वास्थ्य मन्त्रालयले सचेत हुन भन्दै विज्ञप्ति जारी गरेको छ ।
मन्त्रालयले विज्ञप्ति जारी गर्दै छिमेकी मुलुकमा सङ्क्रमण बढ्न थालेकोले नेपालमा समेत सङ्क्रमण फैलिन सक्ने हुँदा सचेत रहन आग्रह गरेको छ ।
मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमद्वारा जारी विज्ञप्तिमा सामाजिक दुरी कायम गर्न, यसअघिकै स्वास्थ्य मापदण्ड कायम गर्न र देशभर सामूहिक भेला, गोष्ठी, जुलुस, र्‍याली जस्ता गतिविधिहरू समेत नगर्न आग्रह गरेको छ ।