काँग्रेस बैठकले कुनै निर्णय गर्न सकेन

 

काठमाडौं । नेपाली कांग्रेसको आज बसेको पदाधिकारी बैठकले मुलुकको समसामायिक विषयमा छलफल गरेको छ । पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा राजनीतिक संक्रमण, सत्ता साझेदारी र आगामी महाधिवेशनबारे छलफल भएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । बैठकले कुनै निर्णय गरेको छैन ।
प्रधानमन्त्री केपी शर्मा ओलीप्रति नरम देखिएको आरोप सभापति देउवामाथि लाग्दै आएको छ । ओलीलाई हटाउनेतिर भन्दा चुनावतिर देउवाको जोड रहेको छ । अन्य नेताहरू नेतृत्व लिन देउवालाई दबाब दिँदै आएका छन् ।