पदाधिकारीविहीन बन्यो लोकसेवा आयोग

काठमाडौं । लोकसेवा आयोग आजदेखि पदाधिकारीविहीन भएको छ। आयोग पदाधिकारीविहीन हुँदा आयोगको काम कारवाहीमा गम्भीर असर पर्ने देखिएको छ।
६ वर्षअघि नियुक्त अध्यक्ष उमेशप्रसाद मैनाली‚ सदस्यहरु विन्द्रा हाडा भट्टराई, श्रीपुरुष ढकाल, अशोककुमार झा, व्रह्मदेव राय र कृष्णचन्द्र झाको पदावधि आजदेखि सकिएको हो।

मंगलबार आफ्नो कार्यकालको प्रगति विवरण सार्वजनिक गर्दै अध्यक्ष मैनालीले आयोग पदाधिकारीविहीन हुँदा आयोगमा गम्भीर असर पर्ने अवस्था रहेको बताउनुभयो।
उहाँले तत्काल बढुवाको सबै प्रक्रिया रोकिने, परीक्षा रोकिने, नतिजा प्रकाशन गर्ने काम रोकिने पनि बताए। निजामति प्रशासनको सम्पूर्ण काम रोकिने हुँदा सरकारले समयमै पदाधिकारी नियुक्ति गर्ने अध्यक्ष मैनालीको विश्वास छ।
२०७१ चैत ११ गते सुशील कोइराला नेतृत्वको सरकारले आयोगमा अध्यक्ष मैनालीसहितका पदाधिकारी नियुक्त गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *